दफा १५
प्रमाणपत्र प्राप्त गरिसकेका सामाजिक संघ संस्था सम्बन्धी व्यवस्था :
(१) यो ऐन प्रारम्भ हुनु अघि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्बाट प्रमाणपत्र प्राप्त गरेका संघ संस्थाहरू यसै ऐन बमोजिम परिषद्सँग आबद्ध भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्सँग आबद्ध भएका सामाजिक संघ संस्थाहरूले यस ऐन बमोजिम आफ्नो विधानमा आवश्यक संशोधन एवं मिलान गरी यो ऐन प्रारम्भ भएको एक वर्षभित्र परिषद्मा पेश गर्नु पर्नेछ ।